झारफुकको बहानामा बलात्कार गर्ने एक जना पक्राउ
डोटी, २५ भदौ । झारफुक गर्ने बहानामा महिलालाई बलात्कार गरेको आरोपमा डोटीमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीया पिडीत महिलाले बुधबार प्रहरीमा दिएको उजुरीका आधारमा जोरायल गाउँपालिका–३ का ३१ वर्षीय टेकबहादुर ओली पक्राउ परेका हुन्।
महिलाले उजुरीमा भदौ २ गते घटना भएको उल्लेख गरेकी छन् भने श्रीमानसँगै उजुरी दिन आएकी इलाका प्रहरी कार्यालय जोरायलले जानकारी दिएको छ।
सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरीले बताएको छ।
अभियुक्त पक्राउ परेपछि घटनाकोे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।