भारतसँगको विवादित क्षेत्र नजिक चिनियाँ सेनाको एच–६ बम्बर विमान तैनाथ
ऐजन्सी, २५ भदौ । चीन र भारतबीच सीमा विवाद चलिरहेको बेला भारतसँगको विवादित क्षेत्र नजिक चिनियाँ जनमुक्ति सेनाको रणनीतिक बम–वर्षक विमान तैनाथ गरिएको देखिएको छ।
एससीएमपीका अनुसार सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको छ।
मंगलबार मात्र चिनियाँ जनमुक्ति सेनाको सामाजिक सन्जाल विबोे अकाउन्टमा तिब्बती क्षेत्रमा बम–वर्षक विमान साथै युद्धक विमान तैनाथ गरिएको जनाइएको थियो।
एच–६ बम्बर विमानले एन्टी–सिप क्रुज मिसाइलहरु बोक्नसक्छ भने यो एकपटकमा २५ सय किलोमिटर उड्नसक्ने अधिकारीहरुले बताएका छन्।
त्यस्तै बुधबार मात्र चिनियाँ जनमुक्ति सेनाको वेस्र्टन थिएटर कमाण्डको ७७औं ग्रुप आर्मीले यी विमानहरुले सिनजियाङको मरुभूमिमा आयोजना गरिएको सैन्य अभ्यासमा भाग लिएको जानकारी दिएको थियो भने सिनजियाङ लद्दाख नजिकको क्षेत्र हो।
लद्दाखको सिमानामा हाल भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किएको छ।