पछिल्लो २४ घण्टामा थपिए १ हजार २४६ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ८१८
काठमाण्डौ, २५ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्।
यस्तै आज मात्रै ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।