कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३१७ पुग्यो
काठमाण्डौ, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र ४ जना पुरुष संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौँकी ५५ बर्षिय महिला रहेकी छन्।
त्यस्तैगरी काठमाडौँका ५९ र ८३ बर्षीय पुरुष, चितवनका ६२ बर्षिय पुरुष र कपिलवस्तुका २९ बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।