भेटेरिनरी पसल सञ्चालक लागु पदार्थ ब्राउन सुगरसहित पक्राउ
झापा, २७ भदौ । झापामा लागुपदार्थको कारोबार गरेको आरोपमा भेटेरिनेरी पसल सञ्चालकले पक्राउ परेका छन्।
झापाको विर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित भेटेरिनेरी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेपछि त्यस्तो खुलेको हो।
इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका अनुसार विर्तामोड–३ मा रहेको गोपाल एग्रोभेट्सका सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको हो।
गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेट्समा लागुऔषध ब्राउन सुगरको कारोबार हुने गरेको सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा २२ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ परेका गौतममाथि अनुसन्धान भइरहेको इप्रका अनारमनी विर्तामोडले जनाएको छ।