कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३३६ पुग्यो
काठमाण्डौ, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ११ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा पर्साका ७८ वर्षीया महिला, काठमाडौंका ७६ वर्षीया महिला र तनहुँका ७६ वर्षीया महिला रहेकी छन्।
त्यस्तैगरी सुनसरीका ४३ वर्षीय पुरुष, काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, स्याङजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।