काठमाण्डौमा ३५ लाखमा बिक्री गर्न लागेको पहेलो कछुवासहित ५ जना पक्राउ
काठमाण्डौ, २७ भदौ । ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले काठमाण्डौबाट ५ जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले शनिबार काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले सुर्खेत भेरी गंगा नगरपालिका २ बस्ने २५ बर्षको सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेण्ठ र १९ वर्षीय प्रमोद बाँस्कोटा, काभ्रे नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहट चन्द्रनिगाहपुर नगरपालिका–३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिनालाई पक्राउ गरेको हो।
यसैगरी प्रहरीले उनीहरुको साथबाट पहेँलो रंगको दुर्लभ कछुवा पनि बरामद गरेको छ भने अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ।