बाँकेमा ससुराद्वारा आफ्नै ज्वाइँको हत्या, ५ जना पक्राउ
बाँके, २८ भदौ । बाँकेमा प्रहरीले आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरासहित पाँच जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका २० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाइ बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
पक्राउ परेका उनीहरूलाई सोधपुछ गर्नुका साथै सो घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।