कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४५ पुग्यो
काठमाण्डौ, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ६ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौंमा ६५ वर्षीया दुई जना महिला, र कास्कीमा ४५ वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको छ।
त्यस्तैगरी काठमाण्डौमा ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष र मोरङमा ६९ बर्षीय पुरुष र सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।