मन्दिरमा फोहोर फालेको बिषयमा धनुषामा झडप, दुई दर्जन बढी घाइते
जनकपुर, २८ भदौ । शिव मन्दिरमा फोहोर फालेको निहुँमा धनुषाको झडप भएको छ। नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोली टोलमा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ भने सो झडपमा परी २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन्।
उक्त झडपमा परी विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ लगायतका घाइते भएका छन् र उनीह्रुको स्थानीय अस्पतालमा उपचार भइरहको छ।
धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार नवटोलीमा रहेको दुधहा पोखरीको छेवैमा रहेको नवनेश्वरनाथ महादेव मन्दिर शिलान्यास स्थलमा मुस्लिम समुदायले फोहोर फ्यालेको र मन्दिर निर्माण गर्न नदिने मुस्लिम समुदायले अडान लिएपछि विवाद सिर्जना भएको हो।
झडपपछि ३० जनाको प्रहरी टोलीले गस्ती थालेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले गस्ती गरिरहेका छन्।