टिकटक खरिदका लागि माइक्रोसफ्टले गरेको प्रस्ताव अस्वीकृत, ओरेकलले पायो मौका
एजेन्सी, २९ भदौ । टिकटकले अमेरिकामा संचालन गर्नका लागि माइक्रोसफ्ट कम्पनीले गरेको प्रस्तावलाई अस्वीकृत गरेको माइक्रोसफ्टले जनाएको छ।
यसैगरी टिकटकको अमेरिकी संचालन अधिकार ओरेकलले प्राप्त गर्ने वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशित भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बिटडान्सलाई सेप्टेम्बर २० सम्म टिकटक बन्द गर्ने वा बेच्ने समयसीमा तोकिदिएका थिए भने टिकटकका प्रवक्ताले बेचबिखनका बारेमा कुनै टिप्पणी नगर्ने बताएको बिबिसीले जनाएको छ।
ओरेकल कम्पनीका अध्यक्ष ल्यारी एलिसन ट्रम्पका समर्थक हुन र उनले ट्रम्पका लागि फरवरीमा चन्दा संकलन कार्यक्रम आयोजना गरेका थिए।
टिकटकका अनुसार संसारभर उसका ७ सय मिलियन प्रयोगकर्ता रहेका छन् जसमध्ये सय मिलियन प्रयोगकर्ता अमेरिकी हुन्।