नारायणगढ–मुग्लिन सडकमा ट्रक जुध्दा चालकको मृत्यु, ५ जना घाइते
चितवन, २९ भदौ । सोमबार बिहान नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक ठक्कर खाँदा गम्भीर घाइते भएका एक चालकको उपचारका क्रममा मृत्यु भएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार ना४प ८०११ नम्बर ट्रकका चालक बारा, परवानीपुरका २८ वर्षीय अजय साहको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
इच्छाकामना गाउँपालिका ५ मुग्लिननजिक खहरे पुलमा बिहान साढे ८ बजे उनको ट्रक काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
अर्को ट्रकका चालक दोलखा, जिरी २ का ४० वर्गीय दाङ्गिमा शेर्पा पनि घाइते भएको प्रहरीले बताएको छ।
त्यसै गरी सो दुर्घटनामा परी ट्रकमा रहेका सिराहाका लालगुलाबी अन्सारी र चितवन इच्छाकामना गाउँपालिका ६ का भावी गुरुङ, बिमा गुरुङ र सुभद्रा गुरुङ पनि घाइते छन्। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही बेर बाटो पनि अवरुद्ध भएको थियो।