क्याप्टेन विजय लामामा पनि कोरोना संक्रमण पुष्टि
काठमाण्डौ, २९ भदौ । नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामालाई कोरोना संक्रमण भएको पुष्टि नेपाल वायु सेवा निगमले जानकारी दिएको छ।
निगमका अनुसार लामा चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केका थिए र त्यसपछि ललितपुरको स्टार अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो।
यसैगरी क्याप्टेन लामासहित अर्का एकजना क्याप्टेनलाई पनि कोरोना संक्रमण देखिएको छ भने उनीहरु दुवैजनालाई सोल्टी क्राउन प्लाजाको आइसोलेसनमा राखिएको निगमले जानकारी दिएको छ।
चार दिनअघि संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा जाने नेपाली सेनाको टोलीलाई निगमको वाइडबडी जहाजमा लिएर दक्षिण सुडान पुगेका लामा त्यहाँबाट फर्किएर परीक्षण गर्दा उनीसहित दुईजनालाई संक्रमण देखिएको हो।
यसअघि पनि निगमका तीन पाइलटसहित १५ जना उडान कर्मचारीलाई कोरोना भएको थियो। उनीहरुलाई सोल्टीकै होटल आइसोलेसनमा राखिएको थियो। उनीहरु सबै निको भएर काममा फर्किसकेका छन्।