ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर दम्पतीमा कोरोना संक्रमण पुष्टि
काठमाण्डौ, ३० भदौ । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ सहित उनको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैजनाको ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।
हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको भन्दै अहिले अवस्था सामान्य रहेको किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले बताएका छन्।
कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । यस्तै श्रीमतीमा समेत कोरोना पुष्टि भएसँगै श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।