काठमाण्डौको बल्खुबाट महँगोमा प्याज बेच्न एक व्यापारी पक्राउ
काठमाण्डौ, ३१ भदौ । प्रहरीले काठमाण्डौको बल्खुबाट एकजना व्यापारीलाई महँगोमा प्याज बिक्री गरेको भन्दै पक्राउ गरेको छ । बल्खुस्थित प्याजको होलसेलर सुनिल केसीलाई प्रहरीले पक्राउ गरेको हो।
हिजोबाट भारतले प्याज निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याजको अभाव हुन थालेको छ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको हो।
पक्राउ परेका केसीलाइ अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ भने उनीविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने प्रहरीले बताएको छ।