श्राद्धको खाना खाएर कैलालीमा १ जनाको मृत्यु, १५ जना बिरामी
कैलाली, ३१ भदौ । कैलालीमा श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी परेका छन्।
श्राद्धमा खाना खाएर कैलालीको गोदावरी नगरपालिका १० स्थित खमौरा टोलका १७ वर्षीय सुरेश बोहराको मृत्यु भएको छ भने १५ जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको मंगलवार साँझ सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
भदौ २८ गते भिम बहादुर बिष्टको घरमा श्राद्धको खाना खाएपछि बिरामी परेका १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार विरामी भएका मध्ये ३ जनाको नवजिवन अस्पताल र २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने बाँकी सबैको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।