नेपाली समाज टेक्सासले नेपाली पाठशालालाई निरन्तरता दिने
डालस-टेक्सासमा सबैभन्दा ठुलो नेपालीहरुको संगठन नेपाली समाज टेक्सासले नेपाली पाठशालालाई निरन्तरता दिने भएको छ ।
यही जनवरी २२ तारिख आइतवार देखी हरेक आइतवार नेपाली भाषा पाठशाला शुरु गर्न लागेको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामीछानेले स ुचना जारी गर्दै जानकारी दिनुभएको छ ।
अध्यक्ष लामीछानेले जारी गरेको स ुचना अनुसार www.ournst.org मा गएर आफ्ना वालवालिकालाई भर्ना गर्न सकिने उल्लेख छ ।
१८ हप्ता सम्म श्रव्यदृष्य कक्षाका साथै भर्ना, किताव, स्टेशनरी, खानपान र नाचगानसहितको शुल्क १५० डलर खर्चिनुपर्नेछ । हरेक आइतवार डालस इर्भिङ स्थित नेपाली मन्दिरमा दिउंसो १ बजेदेखी ४ बजेसम्म चल्ने पाठशालाका लागी स्वयमसेवकहलाई समेत २१४७०४१२१८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।