पछिल्लो २४ घण्टामा थपिए १ हजार ५ सय ३९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ६८
काठमाण्डौ, ३१ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४१ हजार ७ सय ६ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४१ र होम आइसोलेशनमा ७ हजार ७ सय १ जना रहेका छन्।