कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८३ पुग्यो
काठमाण्डौ, १ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र १ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मोरङकी ६४ वर्षीया महिला, चितवनकी ३६ वर्षीया महिला, कैलालीकी ५७ वर्षीया महिला र काठमाण्डौका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।