‘अल्लाह’ विरुद्ध गालीगलौज गरेको आरोपमा नाइजेरियामा १३ वर्षका किशोरलाई दश वर्षको जेल सजाय
एजेन्सी, १ असोज । नाइजेरियामा एक १३ वर्षका किशोरलाई ईश्वरनिन्दाको आरोपमा दश वर्षको जेल सजाय सुनाइएको छ।
कानो राज्यको मुश्लिम धार्मिक अदालतले ओमार फारोक नाम गरेका किशोरलाई भगवान ‘अल्लाह’ विरुद्ध गालीगलौज गरेको भन्दै जेल सजाय सुनाएको हो।
साथीसँग विवाद हुँदा उनले मुस्लिमका भगवान अल्लाहलाई अपशब्द प्रयोग गरेको बताइएको छ भने ती किशोरलाई ईश्वरनिन्दाको आरोपमा दश वर्ष जेल सजाय सुनाइएपछि युनिसेफले नाइजेरियाको उक्त कदमको आलोचना गरेको छ।
ती किशोरलाई गत अगष्ट १० मा नै सजाय सुनाएको थियो भने अधिकारकर्मीका अनुसार १३ वर्षका किशोरलाई जेल सजाय सुनाउनु नाइजेरियाकै संविधान विपरित रहेको छ।