ट्रम्प फेरी गर्जीएर भने मेक्सिको सिमामा पर्खाल लगाइनेछ
लसएञ्जलस-अमेरीकाका नवनिर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमामा पर्खाल लगाउने दोहोर्याएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि बुधवार पहिलो पत्रकार सम्मेलनको आयोजना गरेका ट्रम्पले गर्जींदै भने अमेरीका र मेक्सिकोको सिमामा पर्खाल लगाइनेछ र ओवामा केयर पनि खारेज गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित राष्ट्रपती ट्रम्पले अमेरीका र रुसको सम्वन्ध आगामी दिनमा स ुमधुर हुनेछ भन्नेमा आफु विश्वस्त रहेको बताउंदै आफ्नो कार्यकालमा रुसले अमेरीकाको सम्मान गर्ने बताए ।
आफ्ना गोप्य स ुचनाहरु रुससंग स ुरक्षित रहेको भन्ने कुरा हावादारी भएको बताउंदै ट्रम्पले आफ्नी प्रतिद्धन्दी हिलारी क्लिन्टल तर्फ लक्षित गर्दै भने रुस मात्र होइन चाइना लगायतका देशहरु पनी अमेरीकामा साइवर हमला गरिरहन्छन् ।
आफ्ना चुनावी घोषना ढिलो चांडो पुरा गरेरै छाड्ने दोहोर्याएर उद्घोष गर्र्दै ट्रम्पले भने सिमामा पर्खाल जसरी नी लगाइन्छ र ओवामा केयर पनि सिघ्र खारेज गरिनेछ ।