पछिल्लो २४ घण्टामा थपिए २ हजार २० कोरोना संक्रमित, डिस्चार्ज भए ८ सय ७१
काठमाण्डौ, २ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ६१ हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४३ हजार ८ सय २० जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ९ हजार २ सय ९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन्।