बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी तीन बर्षपछि पक्राउ
दाङ, ३ असोज । सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भइ अदालतबाट दश वर्ष कैद फैसला तोकिएका दाङका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले दाङको राप्ती गाउँपालिका वडा नं ३ मसुरिया निवासी २८ वर्षीय अनिल घर्तीलाई शुक्रबार विहान पक्राउ गरेको हो।
घर्तीलाई सर्वोच्च अदालतले सामुहिक बलात्कार मुद्दामा २०७३ साल असोज २७ गते दोषी ठहर गर्दै दश वर्ष १९ दिनको कैद फैसला सुनाएको थियो भने सर्वोच्चको फैसला लगतै उनी फरार भएका थिए।
जिल्ला प्रहरीका अनुसार फरार प्रतिवादी खोजी गर्दै जाने क्रममा घर्तीलाई राप्ती गाउँपालिकाको वडा नं ३ स्थित पाखापानी भन्ने ठाउँमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
फरार प्रतिवादी घर्ती लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार विहान साढे ६ बजेतिर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो भने शुक्रबार नै उनलाई दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतको आदेशमा जेल चलान गरिएको प्रहरीले बताएको छ।