संविधान दिवसका अवसरमा सुदूरपश्चिमका १४ जना कैदीबन्दी मुक्त
धनगढी, ३ असोज । संविधान दिवसको अवसरमा सुदूरपश्चिमका १४ जनाको कैद मिनाहा गरिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरूको कैद र जरिवाना समेत माफी दिएपछि विभिन्न जिल्लाका कारागारमा कैद सजाय काटिरहेको उनीहरूलाई छोड्ने आदेश आएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला कारागारका अनुसार कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना गरी तीन जनालाई आजै जेलमुक्त गरिनेछ।
यस्तै, डडेल्धुराका पाँच जना, बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, बझाङ, दार्चुला र कञ्चपुरमा कर्तव्य ज्यान मुद्दाका एकरएक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।