शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
काठमाण्डौ, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनका स्वकीय सचिव भरत तिवारीका अनुसार मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको हो।
भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ भने स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो र फेरि एक हप्तापछि पिसिआर परीक्षण गरिने तिवारीले बताएका छन्।
कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सक टोलीको चकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।