इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै
एजेन्सी, ३ असोज । आज (शनिबार)बाट इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण यूएईमा सुरु हुँदैछ।
यूएईको अबुधाबीमा हुने सिजनको पहिलो उद्घाटन खेल साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ।
शेख जायद स्टेडियममा प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ।
यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ।
मुम्बई र चेन्नइबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो।