शनिबार थपिए १ हजार २ सय ४ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ४ सय ४७
काठमाण्डौ, ३ असोज । शनिबार देशभर थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार १ हजार ४ सय ४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४५ हजार २ सय ६७ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५३ र होम आइसोलेशनमा ७ हजार ९ सय ७६ जना रहेका छन्।