राष्ट्रपति ट्रम्पले ओरेकल र टिकटकको सम्झौतालाई स्वीकृतिसँगै आशिर्वाद दिए
एजेन्सी, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनी ओरेकल र चिनियाँ कम्पनी टिकटकबीच भएको सम्झौतालाई स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति ट्रम्पले यसअघि टिकटक चिनियाँ सरकारको जासुसीको माध्यम भएको बताउँदै टिकटकले अमेरिकामा सेवा दिनका लागि अमेरिकी कम्पनीको स्वामित्वमा रहनुपर्ने बताएका थिए।
अमेरिकी कम्पनीको स्वामित्वमा नरहे टिकटक अमेरिकामा प्रतिबन्ध हुने ट्रम्पले चेतावनी दिएका थिए।
हालैमात्र टिकटक र ओरेकल कम्पनीबीच सम्झौता भएको हो। अब भने टिकटकमाथि लगाइने भनेको प्रतिबन्ध टरेर गएको छ।
ट्रम्पले शनिबार पत्रकारहरुसँग बोल्दै आफूले टिकटक र ओरेकलबीच भएको सम्झौतालाई आशिर्वाद दिएको र यदि उनीहरुले काम गरेर देखाए भने त्यो राम्रो, नभएपनि ठिकै हुने बताएका छन्।