आइसोलेसनबाट फरार भएका कोरोना संक्रमित थुनुवा काभ्रेबाट पक्राउ
काठमाण्डौ, ४ असोज । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट फरार भएका कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ।
ब्युरोको टोलीले लागूऔषध सम्बन्धी कसुरका प्रतिवादी रमेश तामाङलाई पक्राउ गरेको हो।
काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका तामाङलाई जिल्लाकै सिउरिनीमा लुकेर बसेको अवस्थामा गएराति पक्राउ गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार बसुन्धारास्थित आइसोलेसनमा तामाङसहित १४ जना संक्रमित थुनुवालाई राखिएको थियो भने उनी शुक्रबार बिहान पौने २ बजे आइसोलेसन कक्षबाट हत्कडी फुकालेर शौचालय गएका वेला फरार भएका थिए।
महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट पनि गएराति चार जना थुनुवा फरार भएका छन् र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ।