राष्ट्र बैंकले आरटीजीएसका लागि कारोबार समय तोक्यो
काठमाण्डौ, ४ असोज । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा निर्धारण गरिदिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकिदिएको छ।
राष्ट्र बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने र शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म तोकिएको छ।
राष्ट्र बैंकले एक वर्षअघि मात्रै आरटीजीएस प्रणालीको कार्यान्वयनमा ल्याएको थियो भने युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो।
यो प्रणाली लागू भएसँगै चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने गरेको छ र अब कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन।