पछिल्लो २४ घण्टामा थपिए १ हजार ३ सय २५ कोरोना संक्रमित, डिस्चार्ज भए ९ सय ६६
काठमाण्डौ, ४ असोज । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ६४ हजार १ सय २२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४६ हजार २ सय ३३ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ९ हजार ७१ र होम आइसोलेशनमा ८ हजार ४ सय ७ जना रहेका छन्।