यातायात व्यवसायी आक्रोशित , सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी
काठमाण्डौ, ४ असोज । यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्।
सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन् भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलालले जाहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले विभेदकारी नीति ल्याएको आरोप लगाएको छ।
उनले आरोप लगाउँदै पहुँचकै आधारमा जाहाजले सबै सिटमा यात्रु राख्ने अनुमती पाएको भनेका छन् भने जाहाज र गडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने चेतावनी समेत दिएका छन्।