आङरिता शेर्पा ‘हिउँ चितुवा’ को ७२ बर्षको उमेरमा निधन
काठमाण्डौ, ५ असोज । बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेका विख्यात हिमआरोही आङरिता शेर्पाको ७२ बर्षको उमेरमा निधन भएको छ।
हिउँ चितुवाु उपनामले चर्चित आङरिताको सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालका विख्यात पर्वतारोही आङरिता शेर्पाको जन्म सोलुखुम्बुको थामेमा भएको थियो।
उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका कारण उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो।
लामो समयदेखि बिरामी परपर्वतारोही शेर्पा तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए।
१० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।