बाँकेमा एक कैदीको कोरोना संक्रमणबाट मृत्यु
बाँके, ५ असोज । बाँकेमा कोरोना संक्रमणका कारण एक जना कैदीको मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका गुर्भाकोट नगरपालिका–४, सहारे सुर्खेतका ५८ वर्षीया पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्।
दमको पुरानो बिरामी रहेका र श्वासप्रश्वासमा जटिल समस्या भएका ती पुरुष विरामी परेपछि थप उपचारका लागि सुर्खेत कारागारबाट नेपालगंज कारागार सारिएको थियो।
उनको भदौ २१ गते स्वाव परीक्षण गर्दा २२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
कोरोना पुष्टिपछि भेरी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको सोमबार बिहान अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताएका छन्।