प्राचिन औषधिमा कोरोनाको लागि उपचारको सम्भावना रहेको भन्दै डब्ल्यूएचओद्वारा खोजी
एजेन्सी, ५ असोज । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन्।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिरहेका छन् तरपनि पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन्।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओं ले कोरोना भाइरसको उपचारका लागि हर्बल औषधिमा सम्भावना रहेको भन्दै खोजि गरेको छ।
डब्ल्यूएचओले शनिवार कोरोना भाइरसको उपचारका लागि अफ्रिकाको हर्बल औषधिको टेस्टिङ प्रोटोकलको समर्थन गरेको हो।
यस पटक विश्व स्वास्थ्य संगठनले कोरोनासँग लड्नको लागि प्राचीन औषधिको प्रयोगमा बोलेको हो।