सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ५ जना
काठमाण्डौ, ५ असोज । सोमबार मात्रै देशभर थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ६५ हजार २ सय ७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ हजार ५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४७ हजार २ सय ३८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ र होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन्।