सि जिनपिङद्वारा संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सव शिखर सम्मेलनलाई सम्बोधन
एजेन्सी, ६ असोज । चीनका राष्ट्रपति सि जिनपिङले सेप्टम्बर २१ तारिख संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गरेका छन्।
आफ्नो सम्बोधनमा राष्ट्रपति सि जिनपिङले ७५ वर्षअघि विश्वका जनताले अथक प्रयासमार्फत फासिस्टविरुद्धको विश्व युद्धमा विजय प्राप्त गरेको बताउँदै त्यो न्यायोचित विजय हुनुका साथै जनताको विजय भएको औँल्याएका छन्।
साथै राष्ट्रपति सिले आगामी दिनहरूमा विशेषतः महामारीपछिको युगमा संयुक्त राष्ट्र संघले आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भमा चार बुँदे प्रस्ताव पनि प्रस्तुत गरेका छन्।
१. ठूला र साना मुलुकहरूले एक अर्काको सम्मान गर्नुपर्छ।
२. गम्भीर रुपमा कानूनी व्यवस्थाको अक्षरशस् पालना गर्नुपर्छ।
३. सहकार्यको प्रबद्र्धन गर्नुपर्छ।
४. वास्तविक गतिविधिमा ध्यान दिनुपर्छ।
हाल विश्व एउटा नयाँ ऐतिहासिक शुरुआतमा बिन्दुमा रहेकाले बहुपक्षीयतावादको सँरक्षण गर्नुका साथै संयुक्त राष्ट्र संघको प्रारुपमा अझ विशाल एकता र प्रगतिलाई साकार तुल्याउने कुरामा पनि उनले जोड दिएका छन्।