टिचिङ अस्पताल नलगि डा. केसीलाई ट्रमा सेन्टर र्पुयाइयो
काठमाण्डौ, ६ असोज । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि थप उपचारका लागि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पु¥याएको छ।
डा. केसीले स्वास्थ्य जाँच गर्न नमानेका र आफूलाई इच्छा विपरित यहाँ ल्याइएको भनेका छन् भने उनीसंग भेट गरेर यहाँ सहज तरिकाले राख्ने भनेका छौँ राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले बताएका छन्।
त्यस्तै अहिले डा. केसीलाई ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा राखिएको डा. पौडेलले जानकारी दिएका छन्।
भदौ ९ गतेदेखि १९ औं सत्याग्रहमा सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि जुम्लाबाट सोमबार नेपालगञ्ज आएका केसीले भेरी अस्पतालको आईसीयूमा पनि अनशन जारी राखेका थिए । उनले आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान लिरहेका छन्।