कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२९ पुग्यो
काठमाण्डौ, ६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र १ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काभ्रेपलाञ्चोककी ५० बर्षीया महिला र काठमाण्डौका ५० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।