पहिरोले जीप र मोटरसाइकल पुर्यो, एक जना गम्भीर घाइते
मकवानपुर, ७ असोज । मकवानपुरको देउरालीमा पहिरोले एउटा स्कर्पियो र मोटरसाइकल पुरेको छ।
कुलेखानी–हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिकै पहिरोले एउटा स्कर्पियो र मोटरसाइकल पुरेको छ।
प्रहरीका अनुसार काठमाण्डौबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो र एउटा मोटरसाइकल पुरिएको छ । स्कर्पियोका चालक च्यापिएको अवस्थामा देखिएका छन् भने पहिरोले पुरिएका कारण गाडीमा अरु यात्रु भए नभएको थाहा नभएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ।
पहिरोका कारण ठूलठूला ढुंगा खसेकाले स्काभेटर नआइ उद्दार गर्न र पहिरो पन्छाउन नसकिने प्रहरीले बताएको छ। पहिरो पन्छाउन अझै दुई÷तीन घण्टा लाग्ने अनुमान पनि गरिएको छ।
पहिरोमा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् र उनलाई उद्दार गरी उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले बताएको छ।