पोखरामा सरकारी निर्णय उल्लंघन गर्ने एक जना पक्राउ
कास्की, ७ असोज । कोरोना भाइरस महामारीको समयमा सरकारी निर्णय उल्लंघन गरेको अभियोगमा पोखरामा एक जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका ८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित आफूले संचालन गरेको अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन गराउनुका साथै होष्टल संचालन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको छ।