बुधबार थपिए १ हजार १ सय ७२ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ८ सय ९३ जना
काठमाण्डौ, ७ असोज । बुधबार थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ६७ हजार ८ सय ४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ हजार ८ सय ९३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४९ हजार ९ सय ५४ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार २ सय २८ र होम आइसोलेशनमा ९ हजार १ सय ८६ जना रहेका छन्।