कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३६ पुग्यो
काठमाण्डौ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र ६ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौंकी ६८ वर्षीया महिला सहित झापाका ८६ बर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष, काठमाण्डौका १६ वर्षीय पुरुष, ललितपुरका ७४ बर्षीय पुरुष र बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।