सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन हुन सक्ने
काठमाण्डौ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।
बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन्।
उनका अनुार सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुनेछ।
त्यस्तै बुधबारसम्म देशभरको सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ भने मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।