सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय बढी व्यक्तिलाई कारवाही गर्ने अख्तियारको निर्णय
काठमाण्डौ, ८ असोज । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका १६ हजार ७४८ बढी व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने निर्णय गरेको छ।
बिहीवार बसेको अख्तियारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क उपदफा ९२० बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
प्रवक्ता तारानाथ अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न निकायमा कार्यरत कर्मचारी र पदाधिकारीलाई जरिवाना कारवाही गर्ने निर्णय भएकोबारे जानकारी दिएका छन्।
यसैगरी कारवाहीमा पर्नेमा संघीय तहका निजामती कर्मचारीतर्फ २ हजार ५०४, नेपाल प्रहरीतर्फ १११, शिक्षकतर्फ ७ हजार ६१३, उल्लेखितबाहेक अन्य पदाधिकारी कर्मचारीहरू १ हजार ४३२, प्रदेश तहका ५५४, स्थानीय तहका ४ हजार ५३४ जना रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ।