बझाङमा १२ वर्षीया बालिका नाङ्गो अवस्थमा मन्दिरमा मृत भेटिइन्
बझाङ, ८ असोज । बझाङमा एउटा मन्दिरमा एक बालिका मृत अवस्थामा भेटिएकी छन्।
मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा बुधबार नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताएका छन् । सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताएका छन्।
उनका अनुसार मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको छ।
बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।