होटलमा मृत अवस्थामा फेला परे प्रहरी नायब निरीक्षक
दार्चुला, ९ असोज । दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत अवस्थामा फेला परेका छन्।
कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको र बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा भेटिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिएका छन्।
प्रहरी निरीक्षक जोशीका अनुसार उनलाई जिल्ला अस्पताल दार्चुला र्पुयाइएको थियो तर त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको हो।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो भने प्रेसरका बिरामीसमेत थिए।
पोष्टमार्टम रिपोर्ट पछि उनको कसरी मृत्यु भएको भन्ने थाहा हुने नायब उपरीक्षक विष्टले बताएका छन्।