यदि चिनीयाँ सैनिक अघि बढे भारतले गोली चलाउने भन्दै चीनलाई भारतको चेतावनी
एजेन्सी, ९ असोज । भारतले चीनको सैनिक अघि बढे भारतीय सैनिकले गोली चलाउने सक्ने भन्दै चेतावनी दिएको छ।
द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले अब चीनलाई भनिदिइएको छ कि यदि चीनको सैनिक भारतीय सैनिक नजिक आएमा भारतीय सैनिकले गोली चलाउनेछ र सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको बताएका छन्।
पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । साथै भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएका छन्।
उनका अनुसार भारतको धारणा स्पष्ट रहेको र चीन पहिला आएको हुनाले चीन नै पहिले हट्नुपर्दछ।