आइसोलेसनबाटै भागे कोरोना सङ्क्रमित कैदी
स्याङ्जा, ९ असोज । अस्पतालमा उपचाररत एक कोरोना संक्रमित कैदी आइसोलेसनबाटै भागेका छन्।
अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला बिहीबार राति भागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गाई मारेको अभियोगमा पक्राउ परेका ती युवकलाई कारागारमा रहेकै बेला गत भदौ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचारका लागि राखिएको थियो भने राति पानी परेको बेलामा अस्पतालबाट भागेको हो।
अस्पतालबाट भागेका ती युवकको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।