उत्तर कोरियाली सैनिकद्वारा दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा किम जोङ उनले माफी मागे
एजेन्सी, ९ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले सेनाद्वारा दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन्।
बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियालीले नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ।
उत्तर कोरिया नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेका छन् भने पत्रमा किमले उक्त घटना निकै दुःखदु र निराशाजनक भएको बताएको दक्षिण कोरियाली समाचार संस्था योन्हापले उल्लेख गरेको बीबीसीले जनाएको छ।
दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको थियो भने दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रूर कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो
मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए।
उत्तर कोरियाले उक्त घटनाका बारेमा अन्य विवरण पनि सार्वजनिक गरेको छ । ती अधिकारीलाई १० वटा गोली हानिएको र उनको शरीर नजलाइएको पनि उत्तर कोरियाली स्पष्टीकरण दिएको छ।